देशभरी २०२ जना संक्रमित थपिए, एकजनाको मृत्यु
काठमाण्डौं, २०७९ भदौं १२ गते आईतबार । नेपालमा गत २४ घण्टामा २०२ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ३८३३ जनामा गरिएको नमूना परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४६२ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या नेपालमा ३३१३ रहेको छ ।
Facebook Comments