Tue. Dec 24th, 2024

रत्नपार्कको सब वेमा बनाइएको अवैध संरचना भत्काइयो

काठमाण्डौं, २०७९ भदौं १२ गते आईतबार । काठमाडौं महानगरपालिकाले रत्नपार्कको भोटाहिटीमा रहेको सब-वेमा रहेको अनधिकृत संरचना हटाएको छ ।

सब-वेमाथि व्यापारिक प्रयोजनले बनाइएका अनधिकृत संरचनालाई महानगरले भत्काएको हो । त्यस्तै सब-वेभित्र रहेका पसलहरूलाई पनि महानगरले हटाएको छ ।

सब-वेभित्र पसल राख्दा सर्वसाधारणलाई हिड्न कठिन भएको भन्दै पसलहरू हटाइएको महानगरले जनाएको छ । महानगरले विभिन्न स्थानमा रहेका अनाधिकृत संरचनालाई हटाउँदै आएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शहले कार्यकारिणी अधिकार प्रयोग गरेर नै अनधिकृत संरचनालाई हटाइएको बताउनुभएको छ ।

Facebook Comments