Tue. Apr 16th, 2024

डा.नवराज लम्सालको अग्नि महाकाव्यलाई मदन पुरस्कार

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । सुमधुर स्वरका धनी, साहित्यकार तथा पत्रकार डा.नवराज लम्सालको चर्चित कृति अग्नि महाकाव्यलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका आठ वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नारायण पौडेलको लिच्छवि लिपि, नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।

मदन पुरस्कारको घोषणाले आफु खुशी भएको बताउनु हुँदै लम्सालले भन्नु भयो, मलाई यस पुरस्कारले जिम्मेवारीको भारी बोकाएको महसुश भएको छ ।

गुठीले २०१३ सालदेखि मदन पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कारको राशि चार ४ लाख नगदसहित सम्मानपत्र समेत रहेको छ ।

Facebook Comments