Tue. Apr 30th, 2024

प्रचण्ड भन्नुुहुन्छ, “आगामी चुनावमा गठबन्धन अझै बलियो हुन्छ”

फाइल फोटो

काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन गरिएको गठबन्धन आगामी चुनावमा थप बलियो हुने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआए पनि आगामी निर्वाचनमा गठबन्धन बलियो हुने उहाँले बताउनुभयो । पार्टीको कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आउनुभएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभए पनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने बताउनुभयो ।

गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको र देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो रहेकाले स्थानीय तहको निर्वाचन परिणाम हेरेर भन्दा पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

यसअघि प्रचण्डले लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण दिँदै चुनावी तयारीमा लाग्न निर्देशन गर्नुभएको थियो । उहाँसँगै नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन बुटवल आउनुभएको थियो । रेडियो नेपाल

Facebook Comments