Tue. Apr 30th, 2024

एमाले बैठक : ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह गठन

बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो । बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आउँदो चुनावको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ती समूहले भोलि शनिवार बस्ने बैठकमा प्रस्तुति राख्ने बताउनुभयो ।

बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले परिषद्को, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले अनुशासन आयोगको, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको छ ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड र प्रक्रियाह प्रस्ताव भएको प्रचार विभाग उपप्रमुख रिजालले बताउनुभयो । त्यस्तै गएको पालिका चुनावमा पार्टीभित्र देखा परेका समस्या छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि उहाँले बताउनुभयो ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाइ छ । यसैगरी केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि सङ्गठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरू निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको छ । बैठक शनिवार बिहान साढे १० बजे पुनः बस्ने छ । उज्लालो अनलाईन

Facebook Comments