Fri. Apr 26th, 2024

आज युवा कवि मोतीराम भट्टको १ सय ५७ औं जन्मजयन्ती

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । युवा कवि मोतीराम भट्टको १ सय ५७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइदै छ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उहाँको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् । राष्ट्रिय विभूति समेत रहनुभएका उहाँको १ सय ५६ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो ।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको थियो । कुशे औँसीका दिन जन्मेका उनको वि.सं. १९५३ कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो। शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गर्नुभएको थियो ।

युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । उहाँको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरुले बताएका छन् । उहाँले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो ।

Facebook Comments