Mon. May 6th, 2024

नेपाल टि-२० लिगका लागी खेलाडी दर्ता प्रक्रिया खुल्ला

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारीक फ्रेन्चाईज क्रिकेट लिग नेपाल टि-२० लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुल्ला भएको छ ।

क्यानले आफ्नो आधिकारीक समाजिक सञ्जाल मा एक पोष्ट गर्दै शनिबारबाट प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया खुल्ला भएको जनाएको छ । अव अगस्ट ३१ सम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने छन् । क्यानले प्रतियोगिताका लागि खेलाडी छनोट ’ड्राफ्ट’ बाट गरिने जनाएको ।

क्यानले खेलाडी दर्ताका लागि मापदण्ड समेत तोकेको छ । जस अनुसार निम्न योग्यता भएका खेलाडीहरुले नेपाल टि–२० का लागी आवेदन दिन सक्ने छन् ।

१. दर्ताको लागि योग्य हुन राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्छ ।

२. सन् २०१८ देखि यु–१९ स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्छ ।

३. सन् २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ ।

४. सन् देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ ।

प्रतियोगिताका लागी एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ ।

पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ । त्यसका लागी ६ टोलीको नाम सार्वजनिक भएको छ । नेपाल टि-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी हुनेछन् । डबल राउण्ड रोबिनको आधारमा टियुमा आयोजना हुने प्रतियोगिताको ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि-२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि-२० आयोजना गर्न थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।

Facebook Comments