Fri. May 17th, 2024

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गर्नु भयो । च्याम्पियनसिपका लागी सुरुवाती चरणमा ५८ खेलाडी छनोट भएका थिए । तयसपछि ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् ।

दशरथ रंगशालामा अ‍ेलिने प्रतियोगिताको उद्घाटन खेलमा समूह ’बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । ७ वटा टोलीको सहभागिता रहने प्रतियोगिताको समूह ’ए’ मा भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा आयोजक नेपाल सहित श्रीलंका र भुटान रहेका छन् ।

अन्तिम टोलीः
गोलकिपरः

अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ ।

डिफेन्डरः

हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक ।

मिडफिल्डरः

विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी ।

फरवार्डः

अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ ।

Facebook Comments