Sun. May 19th, 2024

काठमाण्डौं मलका अवैध संरचनामा महानगरले डोजर चलायो

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार ।   काठमाण्डौं महानगरपालिकाले बुधबार बिहान सुन्धारास्थित काठमाण्डौं मलमा बनेका अनधिकृत संरचना हटाएको छ ।  काठमाण्डौं महानगरका  मेयर बालेन शाहको समेत उपस्थित रहेको टोलीले ती अवैध संरचना हटाएको हो ।

डोजर प्रयोग गरी अनधिकृत संरचना हटाईएको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनु भएको छ । काठमाण्डौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ। यो भवन भाडामा लिएका व्यपारीहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचनाहरू बनाएर उपयोग गर्दै आएका छन् ।

Facebook Comments