Tue. Dec 24th, 2024

चीनको नान्छोङमा कोरोना संक्रमण बढेपछि घरभित्रै बस्न स्थानीयलाई निर्देशन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । कोरोना भाइरसको संक्रमण निरन्तर बढेसँगै चीनको सछुवान प्रान्तको दोश्रो ठूलो शहर नान्छोङमा नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिईएको छ ।

चिसो मौसममा कोरोना भाइरसको संक्रमण बढी हुने र गर्मी मौसममा कम हुने अनुमान गरिए पनि सो अनुमान विपरित भाइरस संक्रमितहरुको संख्या बढ्न थालेपछि नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिईएको हो । नान्छोङस्थित चाईना वेस्ट नर्मल युनिभरसिटीका उपप्राध्यापक छाई चिलिनका अनुसार सो शहरको तापक्रम हाल ४२ डिग्रि पुगेको छ । प्रचण्ड गर्मिका कारण नान्छोङ, छन्तु लगायतका ठूला शहरहरुका विद्यालय तथा विश्व विद्यालयहरु बन्द गरिएको र सार्वजनिक सवारी साधनहरुको सञ्चालन पनि रोकिएको उपप्राध्यापक छाईले भ्वाईस अफ काठमाण्डौंलाई बताउनु भएको छ । सरकारले एक हप्तासम्म संक्रमणको अवस्था अध्ययन गरेर बन्द खुलाउने अथवा बढाउने निर्णय लिन सक्ने उहाँको भनाई छ ।

चीनका महान नेता तङ स्याओफिङ र चिनियाँ क्रान्तिका नायक चुतको समेत जन्मस्थल रहेको सछुवान प्रान्तका अधिकांश शहरहरु अहिले सुनसान देखिएका छन् ।

Facebook Comments