Thu. Apr 25th, 2024

२५ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाण्डौं, २०७९ साउन ३१ गते मंगलबार । पाँच दिनको लगातार घटेर सोमबार उछाल आएको शेयर बजारमा आम लगानीकर्ताको अपेक्षा विपरीत मंगलबार भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक २४.८३ अङ्कले घटेर २०४१.०६ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९४ प्रतिशतले घटेर ३९४.३९ को विन्दुमा पुगेको छ । आज कूल २२१ कम्पनीका ६४ लाख ६ हजार ७३८ कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँमा खरिद-विक्री भएको छ ।

आज १३ वटै सूचक राताम्मे भएका छन् । आज कारोबार भएका सूचकहरूमा बैंकिङ ०.२५, व्यापार १.७७ , होटल तथा पर्यटन ०.८७ , विकास बैंक २.६८, जलविद्युत् ३.१८, फाइनान्स २.६२,  माइक्रोफाइनान्स १.२७ ,  जीवन बीमा ०.९१ , म्युच्युअल फन्ड ०.९ र अन्य ०.७ प्रतिशतले  घटेका छन् । आज युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ भने दोर्दी खोला जलविद्युतको ५.५१ , पञ्चकन्या माई हाइड्रोपावरको ५.४७ , जोशी हाइड्रोपावरको ५.४६ र हिमालयन ऊर्जा हाइड्रोपावरको शेयर मूल्य ५.३२ प्रतिशतले घटेको छ ।

मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको ४.०२ , हिमालयन बैंकको १.९०, सानिमा बैंकको १.५६ र मल्टिपर्पस फाइनान्सको १.५२ प्रतिशतले बढेका छन् ।

मंगलबार रिडी हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ८ करोड ६८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र नेपाल दूरसञ्चार कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments