Thu. Apr 25th, 2024

भारतको जम्मु कस्मिरमा सुरक्षा फौजको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाण्डौं, २०७९ साउन ३१ गते मंगलबार । भारतको जम्मु कश्मीरको पहलगाममा बस दुर्घटना हुँदा सेनाका १० जना जवानको मृत्यु भएको छ । मृत्युहुनेहरुमा इन्डो-तिब्बत सीमा पुलिस बल (आईटीबीपी) का जवानहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानिय समय अनुसार बिहान ११ बजेर १० मिनेटमा बस कश्मीरको पहलगाममा ५ सय फिट तल एउटा नदीमा खसेको थियो । बसमा ३७ जना आईटीबीपी र २ जना जम्मु कश्मीर पुलिस कर्मचारी रहेको बताईएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको थियो । बसमा सवार सबै जवान अमरनाथ यात्रा गरेर ड्युटीमा फर्किरहेका थिए ।

जवानहरू अमरनाथ यात्राको सुरुवात विन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए । स्थानीय अधिकारीहरूले घाइतेहरूलाई अस्पताल पुर्याउन व्यापक उद्धार कार्य सुरु गरिएको बताईएको छ ।

Facebook Comments