Fri. Apr 19th, 2024

लुटेराले गोली प्रहार गर्दा रुपन्देहीमा एकजना गम्भीर घाइते

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । लुटेराहरुले गोली प्रहार गर्दा रुपन्देहीको बेलहियाका एक युवक गम्भीर घाइते भएका छन् ।

नेपाल-भारत सीमानाका वेलहिया बाइपास नजिकै लुटेराहरुले गोली प्रहार गर्दा सिद्धार्थनगर १ बेलहियाका ३० बर्षिय बिकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गुरुङको कोखामा गोली लागेको छ । गोली प्रहारबाट गम्भीर घाइते गुरुङको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुरुङ अहिले खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिनुभयो । गएराति ११ बजे भएको सो घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ हालसम्म ५ जनालाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार साँझसम्म घटनाबारे बिस्तृत बिवरण आउन सक्ने सम्भावना रहेको छ । घटनामा ठूला आपराधिक समूहको सम्लग्नता अहिलेसम्म देखिएको छैन ।

अज्ञात समुहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोलि प्रहार गरेका बताईएको छ । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।

Facebook Comments