Fri. Apr 26th, 2024

चीनको छिङहाईमा फोटोभोल्टिक समुद्र !

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २९ गते आईतबार । चीनको छिङहाई प्रान्तको हाईनान बस्तीमा फोटोभोल्टिक पार्कको स्थापना गरिएको छ । टाढाबाट हेर्दा यो झण्डै झण्डै समुद्र जस्तै देखिन्छ।

केही वर्षयता छिङहाई हाईनान तिब्बत स्वायत्त बस्तीले भूमि र सौर्य ऊर्जाको श्रेष्ठताको सदुपयोग गरी नयाँ ऊर्जाबाट बिजुलीको उत्पादन गर्ने परियोजनालाई अघि बढाएको छ।

हाल, यहाँ पानी, हावा, सौर्य ऊर्जाबाट बिजुली उत्पादन गर्ने व्यवसायको स्थापना भइसकेको छ। चाईना मिडिया ग्रुपका अनुसार हाईनान बस्तीको पर्यावरणीय फोटोभोल्टिक पार्कको एक तथ्याङ्क अनुसार, नयाँ ऊर्जाबाट बिजुली उत्पादन गर्ने क्रममा हरेक वर्ष एक करोड ४० लाख टन कोइलाको बचत भएको छ जसबाट ३ करोड ९० लाख टन कार्बन डाइअक्साइड निष्काशन घटाउने छ।

Facebook Comments