Sat. May 18th, 2024

इटालीका २ सय हिमनदी जलवायु परिवर्तनले लोप

काठमाण्डौं, २०७९ साउन २८ गते शनिबार । पृथ्वीका लागि १ सय २७ वर्ष लामो समय हैन तर यही छोटै अवधिमा यहाँको वातावरणमा कल्पनै गर्न नसकिने किसिमका परिवर्तन भएका छन् । खासगरी हिमाली क्षेत्रको जलवायु परिवर्तन द्रूत गतिमा हुने गरेको छ । उच्च हिमाली क्षेत्रमा भएका हिमनदीहरूको अभिलेख राख्ने काम सन् १८९५ देखि सुरु भएको थियो । उक्त समयदेखि इटालीमा उच्च क्षेत्रमा रहेका २ सयभन्दा बढी ठूला  हिमनदीहरू लोप भइससकेका इटालीको वातावरणीय लबी समूह लेगाम्बिएन्टेले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

‘क्याराभान अफ द ग्लेसियर्स’ प्रतिवेदनमा जलवायु संकटका कारण हिमनदीहरू नाटकीय रूपमा घटिरहेको प्रमाणित भएको उल्लेख छ । दिन प्रतिदिन समुद्री सतहमा तापक्रम बढ्दै गएको छ र त्यसको तुलनामा उच्च क्षेत्रको तापक्रम दोब्बर छिटो बढिरहेको छ । सन् २०१२ यता हरेक वर्ष जमिनको हिउँ घट्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यो प्रतिवेदन दिगो विकासका नीतिहरूका बारेमा नीति-निर्माताहरूलाई जानकारी गराउने हिसाबले बाहिर ल्याइएको इटालियन ग्लेसियोलोजिकल कमिटीसँग साझेदारीमा रहनुभएका लेगाम्बिएन्टेले बताउनु भएको छ । उक्त रिपोर्टमा ताजा पानीको भण्डारका रुपमा रहेका हिमनदीहरू हराएका कारण हिमनदीहरूको मनमोहक परिदृश्य र जैविक विविधतामा हानि भएको उल्लेख छ ।

उत्तर इटालीको विभिन्न भागमा हिमनदीहरूबाट निस्केको पानीले यस क्षेत्रको पारिस्थितिक प्रणाली (इकोसिस्टम)लाई धानेको छ । हिमनदीहरू लोप हुँदै गएपछि ताजा पानीको अभाव मात्र हैन अधिकांश भागलाई खडेरीले समेत समातेको छ । यसबाट कृषि उत्पादन पनि  खतरामा परेको छ ।

प्रतिवेदनका अनुसार हिमनदीहरू व्यापक रूपमा पग्लदा सार्वजनिक सुरक्षामा पनि नकरात्मक प्रभाव परेको छ । गत महिना  इटालीको डोलोमाइट पर्वतमा रहेको मार्मोलाडामा नामक हिमनदी पग्लिएर   शक्तिशाली हिम-पहिरो जाँदा ११ पदयात्रीको मृत्यु भएको थियो । अधिकारी र विज्ञहरूले एक्कासि तापक्रम घटेका कारण दुर्घटना भएको बताएका छन् । सिन्ह्वा

Facebook Comments