Sun. May 5th, 2024

बार्सिलोनाका लेवान्डोस्की र राफिन्हा ला लिगामा दर्ता, काउन्डे आज नखेल्ने

काठमाण्डौं, २०७९ साउन २८ गते शनिबार । बार्सिलोनाले शनिबार राति खेलिने रायो भालेकानोविरुद्ध ला लिगा सिजनको आफ्नो पहिलो खेल अघि जुलेस काउन्डे बाहेक सबै नयाँ अनुबन्धहरू दर्ता गरेको छ ।
क्याटालानहरुले यस सीजन घरेलु र च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्न रोबर्ट लेवान्डोस्की, राफिन्हा र काउन्डेमा करिब १ सय ५० मिलियन युरो खर्च गर्दै आक्रामक रूपमा टिममा खेलाडीहरु भित्राएको थियो ।

बार्सिलोनाले एन्ड्रियास क्रिस्टेनसेन र फ्रान्क केसीलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्नका साथै उस्माने डेम्बेले र सर्जी रोबर्टोलाई नयाँ सम्झौता दिन पनि सफल भएको थियो ।

गम्भीर आर्थिक संघर्षहरूका कारण ला लिगाले क्लबहरुको खर्च गर्न सक्ने क्षमतामा सिमिताका कायम गरेको थियो । जसका कारण क्लवहरु नयाँ खेलाडी दर्ता गर्न असमर्थ थिए । यसका बाबजुत बार्सिलोनाले यो समरमा स्टार पाँच खेलाडी अनुबन्ध गरेको थियो ।

बार्सिलोनाले यस समर थप कोषहरु मर्फत राजस्व संकलन गर्दै खर्च गरेको छ । जसले उनीहरूलाई आधिकारिक रूपमा आफ्ना नयाँ खेलाडीहरू दर्ता गर्न र ला लिगासँग सम्झौता गर्न अनुमति दिनेछ । पछिल्लो सम्झौताहरुले बार्सिलोनालाई भविश्यमा हुने इन–हाउस मिडिया कमाईको २५ प्रतिशत विक्री गर्न बाध्य गरेको छ । अब, लेवान्डोस्की, राफिन्हा, क्रिस्टेनसेन, केसी, डेम्बेले रायो भालेकाविरुद्धको खेल खेल्न सक्ने छन् । एजेन्सी

Facebook Comments