Fri. May 10th, 2024

आस्था राउत आफै प्रहरीमा हाजिर, आजै जिल्ला प्रशासन कार्यालय लगिने

गायिका आस्था राउत

काठमाडौं, २०७६ माघ १३ गते सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा माघ १ गते प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यबहार गरेको अरोप लागेकी गायिका आस्था राउत आफै प्रहरी समक्ष उपस्थित हुनु भएको छ ।

गायिका आस्था राउत आफैं प्रहरीलाई फोन गरी विहान ९ः३० बजे माहनगरीय प्रहरी परिसर टेकुमा उपस्थित हुनु भएको महानागरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उहाँलाई आजै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने र उहाँ आजै धरौटीमा छुट्न सक्ने संभावना रहेको प्रहरी स्रोतले जनाएको छ । उहाँलाई केही दिन अघि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पक्राउ गर्न अनुमति दिइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा माघ १ गते प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।

Facebook Comments