Fri. May 10th, 2024

दीपक मनाङे ६ हजार धरौटीमा रिहा, कुटाई खाने मिलन थुनामै

काठमाडौं, २०७६ माघ १३ गते सोमबार

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सांसद राजीव गुरुङ९९दीपम मनाङे० धरौटीमा रिहा हुन भएको छ । मनाङेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार धरौटीमा रिहा गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँलाई फागुन १३ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरिएको पौडेलले बताउनु भयो।

मनाङे माघ ९ गते पक्राउ पर्नु भएको थियो। कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो । मिलनलाई भन थपे ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङगे बिहीबार पक्राउ पर्नुभएको थियो। मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ पर्नुभएको हो ।

मिलन गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आइतबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदले मनाङेले सांसद मर्यादा विपरित कार्य गरेकाले कारबाहीको माग गरेका थिए । सांसदहरु हरिशरण आचार्य र विन्दु थापाले मनाङेमाथि कारबाहीको माग गर्नु भएको हो ।

Facebook Comments