Mon. Dec 23rd, 2024

कोरोनाले ३ जनाको मृत्यु, थप ८ सय ६८ जनामा संक्रमण पुष्टि

काठमाण्डौं, २०७९ साउन २५ गते बुधबार । पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । यीमध्‍ये ३ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments