Wed. May 8th, 2024

नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २३ गते सोमबार । पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यीमध्‍ये २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ४ सय ८९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments