Fri. May 17th, 2024

नेपाल-चीन सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण रहेको नेपाली विज्ञहरूको भनाइ

-रमेश हतुवाली/काठमाण्डौं, २०७९ साउन ११ गते बुधबार । नेपाल-चीन सम्बन्ध ऐतिहासिक र सौहाद्रपूर्ण रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार काठमाण्डौंको नयाँवानेश्वरमा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल र चीनबीचको सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने सुझाव पनि दिएका छन्।

फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारिको मित्रता’ विषयक कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिनुभयो । नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी र दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभयो। नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिवर्तनमा लागेको हुँदा अन्य महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उहाँले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभयो।

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल-चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो।

क्लबका महासचिव डा. कल्याणराज शर्माले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओले हालै गर्नु भएको नेपालको भ्रमण र त्यसपछिको विकसित घटनाक्रमको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान र अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

Facebook Comments