Sat. May 4th, 2024

शेयर बजार २३ अंकले वृद्धि

भिओके सम्वाददाता/ काठमाडौं, २०७९ साउन ११ गते बुधबार । ठूलो गिरावट आएको भोलिपल्टै बुधबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । बुधबार  नेप्से परिसूचक २३.८३ अङ्कले बढेर २१११.९९ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ प्रतिशतले बढेर ४०२.९२ को विन्दुमा पुगेको छ । आज कूल २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार  १ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज १३ वटा सूचकहरुमध्ये १२ वटामा हरियाली छाएको छ । आज कारोबार भएका सूचकहरुमा बैंकिङ ०.०७,  होटल तथा पर्यटन ०.८६, विकास बैंक १.४९,  जलविद्युत् २.९६, फाइनान्स ४.१३, निर्माण तथा उत्पादन क्षेत्र ०.३७, माइक्रो फाइनान्स २.२७, जीवन बीमा ०.३५, म्युच्युअल फन्ड ०.१५ र अन्य २.५  प्रतिशतले बढेका छन् ।

आज व्यापार क्षेत्र ०.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज एभरेष्ट बैंकको प्रिफ्रेन्स सेयरको मूल्य सबैभन्दा बढी २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

आज जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेका छन् । आज नेष्डो समृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएका छन् । आज युनिभर्सल पावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ । त्यस्तै आज शिवम् सिमेन्टले १७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सर्वाधिक कारोबार गरेको छ । अरुण काबेली पावरको १२ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार गरेको छ ।

आज  क्षेत्र ०.५८ प्रतिशतले घटेको छ । त्यस्तै एभरेष्ट बैंकको प्रिफ्रेन्स सेयरको मूल्य सबैभन्दा बढी २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

Facebook Comments