Sun. May 5th, 2024

प्रधान सेनापति प्रभुराम शर्मा र लेवनानका राष्ट्रपतिबीच शिष्टाचार भेट

काठमाण्डौं, २०७९ असार ८ गते बुधबार । UNIFIL Mission, Lebanon को औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज लेवनानका महामहिम राष्ट्रपति Mr. Michel Aoun सँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।

यसैगरी, UNIFIL Mission, Lebanon को ५ (पाँच) दिने औपचारिक भ्रमण सम्पन्न गरि प्रधान सेनापति शर्मा, भ्रमणदल सहित, UNDOF Mission, Syria को भ्रमणका लागि आज नै सिरियातर्फ प्रस्थान गर्नु भएको नेपाली सेनाले फेसबुक पेजमार्फत जानकारी दिएको छ ।

=

Facebook Comments