Sun. May 19th, 2024

वडाध्यक्षको मृत्यु   

जाजरकोट, २०७९ असार ४ गते शनिबार । कुशे गाउँपालिका-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो । राससका अनुसार उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

Facebook Comments