Sun. May 19th, 2024

अध्यक्ष प्रचण्ड र आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईबीच भेटवार्ता

काठमाण्डौं, २०७९ जेठ २२ गते आईतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आमचोक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अशोक राईले भेटवार्ता गर्नुभएको छ ।

प्रचण्ड निवास खुमलटारमा शनिवार भएको सो भेटवार्तामा हालै सम्पन्न स्थानियतह निर्वाचन, आ.व.२०७९/८० को बजेट र भोजपुर जिल्ला र भोजपुरको आमचोक गाउँपालिकाले भोग्नु परेका विकासका चुनौती र सम्भावना लगायतका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष राईले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको उपलब्धि र अध्यक्ष प्रचण्डको कुशल नेतृत्वको प्रशंसा गर्नुभएको थियो ।

सो भेटघाटमा भोजपुरका प्रतिनिधि सभाका सांसद सुदन किराँती लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments