Sat. Apr 20th, 2024

शन चौ अन्तरिक्ष यानको आकार कस्तो छ ?

काठमाण्डौं, २०७९ जेठ २२ गते आईतबार । चिनियाँ अन्तरिक्ष स्टेशनको स्थापनापछि भविष्यमा अरु धेरै शन चौ अन्तरिक्ष यानहरुले धेरै अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष स्टेशनमा पुर्‍याउने भएको छ। चीनको शन चौ अन्तरिक्ष यान चिनियाँ अन्तरिक्ष यात्रीको विशेष सवारी साधनको रुपमा रहेको छ। त्यसले अन्तरिक्ष स्टेशनमा अन्तरिक्ष र पृथ्वीबीच ढुवानी गर्ने जिम्मेवारी लिएको छ। ओर्बिटल मोड्युल, रिएनट्री मोड्युल र प्रोपेलिङ मोड्युल तीनवटा भागबाट शन चौ अन्तरिक्ष यानको गठन भएको छ। तिनीहरुको आआफ्नो विशेष काम छ।

तल्लो भागमा रहेको प्रोपेलिङ मोड्युल अन्तरिक्ष यानलाई ईञ्जिन स्रोत प्रदान गर्छ। मध्य भागमा रहेको रिएनट्री मोड्युलले अन्तरिक्ष यानको नियन्त्रित क्षेत्र अथवा अन्तरिक्ष यात्री काम गर्ने क्षेत्र हो। अन्तरिक्ष यात्रीहरुको उड्ने तथा अवतरण गर्ने बेलाका समेत सम्पूर्ण काम यहीँ हुन्छ। माथिलो भाग ओर्बिटल मोड्युल हो, यो अन्तरिक्ष यात्रीहरु बस्ने क्षेत्र हो। सीआरआई

Facebook Comments