Sun. May 5th, 2024

साप्ताहिक रक्तदान कार्यक्रम : ५५ जनाद्वारा रक्तदान   

काठमाण्डौं, २०७९ जेठ २१ गते शनिबार ।  काठमाण्डौं उपत्यकामा रगत अभाव भइरहेको बेलामा हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज वाफलमा आयोजना गरेको कार्यक्रममा ५५ व्यक्तिले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम राखेर परोपकारी संस्थाले राम्रो कामको थालनी गरेको बताउनुभयो । “तपाईँले दिएको एक प्रिन्ट रगतले तपाईँजस्तै एक व्यक्तिको ज्यान जोगिन सक्छ, त्यसैले रक्तदान कार्यक्रममा सहभागी बनौँ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री श्रेष्ठले रक्तदान कार्यक्रम परोपकारी कार्य भएकाले यसलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

नेपाल रेडक्रम सोसाइटीका निर्देशक दिव्यराज पौडेलले हरेक व्यक्ति स्वस्थ्य भएर बाँच्न वर्षको तीनदेखि चार पटकसम्म रक्तदान गर्नुपर्ने बताउनुभयो । उहाँले रगतको सङ्क्रमण परीक्षण गर्न नेपाल रेडक्रम सोसाइटीले उच्च प्रविधिको मेसिन जडान गरेको बताउनुभयो । स्वयंसेवामार्फत नेपालको रक्तसञ्चार सेवालाई अगाडि बढाएको भन्दै उहाँले संस्थालाई धन्यवाद दिनुभयो ।

समाजसेवी एवं हजुरलाई नमस्कार परोपकारी संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले हजुरलाई नमस्कार संस्थाले हरेक हप्ता रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो । पहिलो चरणमा निरन्तर १५ हप्ता रक्तदान कार्यक्रम आयोजना गरेको हजुरलाई नमस्कार परोपकारी संस्थाले आजदेखि दोस्रो चरणको रक्तदान कार्यक्रम सुरु गरेको हो । दोस्रो चरणको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने समाजसेवी कुँवरले बताउनुभयो ।

Facebook Comments