Mon. May 20th, 2024

पोखराबाट जोम्सोङका लागि उडेको तारा एयरको जहाज दुर्घटना, विमानमा १९ जना यात्रु रहेको जानकारी

काठमाण्डौं, २०७९ जेठ १५ गते आईतबार । पोखराबाट जोम्सोङका लागि उडेको तारा एयरको 9N एईटी टि्वनअटर विमान केहीबेर अघि दुर्घटनामा परेको छ ।

नेपाल टेलिभिजनका कास्की सम्वादददाता रमेश पौडेलले दिनु भएको जानकारी अनुसार पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको हो । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

नेपाल टेलिभिजनका कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा २  जना जर्मन नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

जहाजमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ जना सदस्य पनि छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comments