Sun. May 19th, 2024

इटहरी उपमहानगरको मेयर पद नेपाली कांग्रेसको हातमा, ३३ हजार ४९ मत ल्याएर हेमकर्ण पौडेल विजयी

भिओके सम्वाददाता/इटहरी, २०७९ जेठ ८ गते आईतबार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर पद नेपाली कांग्रेसले हात पारेको छ । सो पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी हुनुभएको छ ।

गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार रहनु भएका पौडेलले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार याम कुमार सुब्बालाई ५ हजार १८ मतअन्तरले पराजित गर्नुभएको हो। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका सुब्बाले भने २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।

उपमेयर पदमा भने नेकपा एमालेका संगीता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ३२ हजार ४ सय ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो। विष्टले १८ हजार ३१ मत मात्र ल्याए।

Facebook Comments