Sun. May 19th, 2024

काठमाण्डौंमा बालेन्द्र साहलाई १७ हजार ३४ मतको अग्रता, लौरोको दमदार चमत्कार

भिओके सम्वाददाता/काठमाण्डौं, २०७९ जेठ ८ गते आईतबार । काठमाण्डौं महानगरपालिकाका लागि मेयरपदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको लौरोले दम्दार चमत्कार मात्र देखाईरहेको छैन बरु उ अझ पनि दिन दुईगुना राता चारगुनाको दरले शक्तिशाली समेत देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १७ हजार ३४ मतको अग्रता लिनुभएको छ । साहले ३८ हजार ३ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्दी रहँदै आउनु भएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले तोश्रो स्थानमा पुग्नु भएको छ । स्थापीतले १९ हजार २ सय ४८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सिर्जना सिंह अहिले दोश्रो स्थानमा उक्लन सफल हुनुभएको छ । सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौंमा मात्र नभएर यत्तिवेला देशका अधिकांश क्षेत्रमा र विदेशमा रहेका नेपालीहरुकाबीचमा पनि बालेन्द्र शाह र उहाँको चुनाव चिन्ह लौरोको व्यापक चर्चा भैरहेको छ । मतगणनास्थल बाहिर सैयौं सर्वसाधारण बालेन्द्र साहको पक्षमा नारा लगाईरहेका छन् भने हजारौं नगरवासी साहको विजयको कामना गरिरहेका छन् ।

Facebook Comments