Sat. May 18th, 2024

काठमाण्डौंमा बालेन्द्र साहलाई १५ हजार ५ सय ८३ मतको अग्रता, लौरो अझै शक्तिशाली बन्दै

- जनताको अभिमत बदलिदैछ

भिओके सम्वाददाता/काठमाण्डौं, २०७९ जेठ ७ गते शनिबार । काठमाण्डौं महानगरपालिकाका लागि मेयरपदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको लौरोले दम्दार चमत्कार मात्र देखाईरहेको छैन बरु उ दिन दुईगुना राता चारगुनाको दरले शक्तिशाली समेत देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १५ हजार ५ सय ८३ मतको अग्रता लिनुभएको छ । साहले ३४ हजार १ सय ३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौंमा मात्र नभएर यत्तिवेला देशका अधिकांश क्षेत्रमा र विदेशमा रहेका नेपालीहरुकाबीचमा पनि बालेन्द्र शाह र उहाँको चुनाव चिन्ह लौरोको व्यापक चर्चा भैरहेको छ । मतगणनास्थल बाहिर सैयौं सर्वसाधारण बालेन्द्र साहको पक्षमा नारा लगाईरहेका छन् भने हजारौं नगरवासी साहको विजयको कामना गरिरहेका छन् ।

Facebook Comments