Fri. Dec 27th, 2024

काठमाण्डौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा

काठमाण्डौ, २०७९ बैशाख ३० गते शुक्रबार । काठमाण्डौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ ।

काठमाण्डौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाण्डौंका अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणनास्थलमा जाली लगाइएको छ । यसैगरी मतगणनाका लागि कर्मचारी खटाइएको छ ।

काठमाण्डौं महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ । सबै मतपेटीका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडा भन्नुहुन्छ, ‘हामीले एक पटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय सभा गृहको मतगणना परिणामलाई सार्वजनिक गर्न काठमाण्डौं महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ । यसैगरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments