मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगको भनाई
काठमाण्डौ, २०७९ बैशाख ३० गते शुक्रबार । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताउनुभयो ।
निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।