Thu. Nov 14th, 2024

जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द

काठमाण्डौ, २०७९ बैशाख २८ गते बुधबार । जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यस अघि सरकारले सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

बुधबार राष्ट्र बैंकले सरकारी एक सूचना जारी गर्दै सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ः३० देखि ४ः०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९ः३० बजेदेखि ३ः३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ । यता अन्य कार्यालयहरु भने विहान ९ः३० बजेदेखि ५ः३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।

जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यस अघि सरकारले सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

बुधबार राष्ट्र बैंकले सरकारी एक सूचना जारी गर्दै सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ः३० देखि ४ः०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९ः३० बजेदेखि ३ः३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ । यता अन्य कार्यालयहरु भने विहान ९ः३० बजेदेखि ५ः३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।

Facebook Comments