Fri. May 17th, 2024

युगान्डाविरुद्धको सिरिजका लागि २२ सदस्यीय महिला क्रिकेट टोली घोषणा

काठमाण्डौ, २०७९ बैशाख २८ गते बुधबार । नेपाल क्रिकेट संघ क्यानले जेठ २ देखि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुरु हुने नेपाल र युगान्डा महिला टिमबिचको ५ खेलको टी-२० आई सिरिजका लागि २२ सदस्यीय टोली घोषणा गरेको छ ।

क्याले अधिकांश अनुभवी अनुहार समेट्दै राष्ट्रिय टोली घोषणा गरेको छ । यसपटक टोलीमा यू-१९ टोलीको १८ सदस्यीय टोलीमा पर्न सफल लेग स्पिनर हिरान्माये रोय पनि समावेश हुनु हुन्छ ।

नेपालको महिला क्रिकेट टोलीले पलिलो पटक घरेलु मैदानमा द्धिपक्षिय सिरिज खेल्न लागेको हो । युगान्डा पनि टी-२० आई मान्यता प्राप्त राष्ट्र भएकाले यस खेललाई आईसीसीले समेत मान्यता दिनेछ । साथै यस सिरिजले दुबै देशको टँ-२० आई विश्व वरियतामा समेत प्रभााव पार्ने छ । विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेका छन् ।

नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल जेठ २ गते हुनेछ । यस्तै, दु राष्ट्रिले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते पाँचौ खेल खेल्नेछ ।

Facebook Comments