Mon. Apr 29th, 2024

एमाले अध्यक्ष ओली भन्नुहुन्छ, “प्रचण्डकी छोरी जिताउनु पर्दा काँग्रेस कार्यकर्ता चुनाव चिन्ह विहिन भए”

काठमाण्डौ, २०७९ बैशाख २७ गते मंगलबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएको बताउनुभको छ ।

स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभालाई काठमाडौंको भृकुटी मण्डमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै १५/२० वर्ष कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने दाबी गर्नुभयो ।

ओलीले भन्नुभयो-“कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न । चितवनमा गए एउटा,पोखरामा अर्को,दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू । अझ अस्ति सुन्नुभयो होला, चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५/२० वर्ष गठबन्धन लैजान्छु । अनि उनकै शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो ।”

नेपाली कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप ओलीले लगाउनुभयो।

ओलीले चुनावको पूर्व सन्ध्यामा धाँधली र सत्ताको दुरुपयोगको संकेतहरु देखिन थालेको भन्दै निष्पक्ष चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् ।

Facebook Comments