Sun. Apr 26th, 2026

थेन चौ चार नम्बरको मालवाहक अन्तरिक्ष यानको सफल प्रक्षेपण

       

काठमाण्डौ, २०७९ बैशाख २७ गते मंगलबार । पैचिङ समय मे १० तारिख बिहान सबेरै १ बजेर ५६ मिनेट जाँदा थेन चौ चार नम्बरको मालवाहक अन्तरिक्ष यान बोक्ने लाङ मार्च ७ नम्बरको याउ ५ क्यारियर रकेटको प्रक्षेपण चीनको वन छाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रमा गरिएको छ।

करिब दश मिनेटपछि अन्तरिक्ष यानले रकेटबाट सफलताका साथ निर्धारित कक्षमा प्रवेश गरेको छ। पछि थेन चौ चार नम्बरको मालवाहक अन्तरिक्ष यानले कक्षमा चलिरहेको स्पेस स्टेशनसँग जोड्ने छ।

यो चीनको मानववाहक अन्तरिक्ष परियोजनाको २२ औं प्रक्षेपण कार्य हुनुका साथै लाङ मार्च केरियर रकेट श्रृंखलाको ४२० औं उडान पनि हो।

Facebook Comments

सम्बन्धित समाचार