Sat. Apr 25th, 2026

अन्तिम श्रद्धाञ्जली पछि सन्जुको पार्थिव शरीर आजै गृहजिल्ला बर्दिया लगिदै

       

काठमाण्डौ, २०७९ बैशाख २७ गते मंगलबार । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरलाई मंगलबार (आज) दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

दिबङ्गत चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली व्यक्त गर्नु भयो ।

यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, लगाएत राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गर्नु भयो ।

नेपालगञ्जकी स्थाई निवासी स्वर्गीय चौधरीको शव आजै उनको गृहजिल्ला बर्दिया लगिने संघले जनाएको छ ।

ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिनु भएकी सन्जुको पार्थिव शरीर अन्त्यष्टिका लागि गृहनगर नेपालगन्ज लैजानु अघि श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित रंगशालामा राखिएको थियो ।

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार विहान झुन्डिएको अवस्थामा अवस्थामा फेला पारिएको थियो ।

चौधरीले सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण जित्नु भएको थियो । चौधरी नेपाललाई सागमा भारोत्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुनु हुन्यो ।

२३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा हुनु हुन्यो । उहाँ एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट हुनु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार