Fri. May 17th, 2024

लो स्कोरिङ खेलमा जिम्बावे ए संग नेपालको झिनो हार

काठमाण्डौ, २०७९ बैशाख २३ गते शुक्रबार । जिम्बावे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानामा सम्पन्न खेलमा नेपाल जिम्बावे ए संग ३ विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य विजयी लक्ष्य जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावे ए का लागि इनोसेन्ट कैया ४८ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा अविजित रहनु भयो । अर्का ओपनर चेपाश झुवायो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनको योगदान दिनु भयो ।

ब्राड इभान्स १७ रनमा अविजित रहदाँ रोय कैयाले १४ रन जोड्नु भयो । नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले र करण केसीले २–२ विकेट लिदाँ सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिनु भयो ।

यस अधि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अलआउट भएको थियो । जिम्बावे ए टिमको बलिङ अगाडी निकै कम्जोर सावित भएको नेपालले निकै खराब ब्याटिङ गर्दै सुरुवाती ५ विकेट मात्र ५६ रन जोड्दाँ गुमाएको थियो ।

नेपालले २२ रन जोड्दाँ पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत १९ रनको स्कोर हुदाँ गुमाएको थियो । त्यसपछि आशिफ शेख र आरिफ शेख समान ५–५ रन जोड्दै पेभेलियन फर्कनु भयो । नेपालले ३३ रन जोड्दाँ ३ विकेट गुमाई सकेको थियो ।

रोहित पौडेलपनि ब्यक्तिगत तीन रनमा आउट भएपछि नेपालको शिर्ष र मध्य क्रम पूर्ण रुपमा धर्मराएको थियो । त्यसपछि दिपेन्द्रसिंह ऐरी १८ रनमा आउट हुदाँ नेपालले सुरुवाती ५ विकेट मात्र ५६ रन जोड्दाँ गुमाउन पुग्यो ।

त्यसपछि नेपालको स्कोर ६१ रन हुँदा छैटौं विकेट गयो । मोहम्मद आदिल आलम मात्र दुई रनमा आउट हुनु भयो । नेपालले सातौं विकेटको रुपमा शुशान भारीलाई गुमायो । भारी खाता नखोली आउट हुनु भयो ।

आठौं विकेटका लागि सोमपाल कामी र करण केसीले ३७ रनको साझेदारी गरेका गर्दै नेपाललाई १ सय रनको आकडा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । सोमपाल कामी ब्यक्तिगत ३० रनमा आउट हुदाँ करण केसीले २५ रन बनाउनु भयो ।

अन्तिममा सन्दिप लामिछाने चार रनमा आउट हुँदा नेपालको पारी सकिएको थियो । नेपालले २४ अतिरिक्त रन पाएको थियो । जिम्बावे ए को बलिङमा ब्राड इभान्सले चार विकेटलिनु भयो । भिक्टोर, ब्रान्डन र सेफासले दुई–दुई विकेट हात पार्नु भयो ।

दुई टोली बिचको दोस्रो एकदिवसिय खेल शनिबार हुनेछ । यस अघि सम्पन्न टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण भएको थियो । तेस्रो खेलमा नेपालल ८ विकेटले विजयी भएको थियो ।

Facebook Comments