Fri. Sep 20th, 2024

गुटरेसद्वारा संयुक्त राष्ट्र संघको भवन परियोजनाको निरीक्षण

काठमाण्डौ, २०७९ बैशाख २० गते मंगलबार । स्थानीय समयबमोजिम मे १ तारिख संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पश्चिमी अफ्रिकाको सेनेगलको भम्रणका क्रममा चिनियाँ उद्योग-व्यवसायको निर्माणमा पश्चिमी अफ्रिकाका लागि संयुक्त राष्ट्र संघको कार्यालय भवन परियोजनाको निरीक्षण गर्नुभएको छ।

उक्त परियोजना पश्चिमी अफ्रिकाको सबैभन्दा उच्च मापदण्ड र सबैभन्दा ठूलो क्षेत्रफलको भवन परियोजना हो। उक्त परियोजनाको निर्माण सन् २०१९ अप्रिलदेखि शुरु भएको हो भने सन् २०२२ जुनको अन्त्यसम्म तयार गरिने अनुमान छ। सेनेगलका लागि संयुक्त राष्ट्र संघका दर्जनौं संस्थान र संगठनका करीब एक हजार कर्मचारीले त्यहाँ काम गर्नेछन्।

Facebook Comments