Fri. Sep 20th, 2024

चिनियाँ र नेपाली निर्माणकर्ताबीचको मित्रता र सद्भाव

काठमाण्डौ, २०७९ बैशाख २० गते मंगलबार । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा सुनकोशी-मरिन वाटर डाइभर्सन सुरूङ आयोजनाको निर्माणमा सहभागी चिनियाँ र नेपाली युवा निर्मणकर्ताहरु अझै पनि आ-आफ्ना काममा व्यस्त छन्। उनीहरूले सिचाइका लागि पानी ल्याउन पहाडी क्षेत्रमा सुरूङ खनिरहेका छन्। स्थानीयहरूको हित-कल्याण ल्याउने क्रममा उनीहरुले मैत्रीपूर्ण सद्भाव र माया पाएका छन्।

दक्षिण पूर्वी नेपालको सुनकोशी-मरिन वाटर डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएपछि मरिन नदी वरपरको लगभग १. २२ लाख हेक्टर खेतीयोग्य जमिनमा सिचाइ गर्न सकिनेछ। त्यतिबेला मरिन नदी वरिपरि बस्ने सर्वसाधारण नेपालीहरूले आफ्नो खेतबारीमा सिचाइको चिन्ता लिनु पर्दैन। आयोजनाको निर्माण अवधि कसिलो भएको साथै महामारी र स्थानीय मौसम लगायत प्रतिकूल कारकहरूका असरबाट पनि पार गर्नुपर्छ। नेपाली र चिनियाँ युवाहरूले दबाबका बाबजुद एकअर्काको हौसलालाई सँगसँगै अघि बढाइरहेका छन्।

सन् १९९३ मा जन्मेका क चिन, सुनकोशी-मरिन वाटर डाइभर्सन सुरूङ आयोजनाको बृहत् विभागका निर्देशक हुन्। क चिनले आफ्नो नेपाल जीवनबारे चर्चा गर्दै भनेः यहाँको जीवनसँग अभ्यस्त भएपछि म यो काम, जीवन र मोडललाई मन पराउँछु। सुनकोशी-मरिन वाटर डाइभर्सन सुरूङ आयोजनाका नेपाली कर्मचारी नरिनले कामको वातावरणबारे चर्चा गर्दै भने: यहाँ सबैभन्दा प्रमुख कुरा चाँहि काम गर्ने वातावरण हो। सबैजना एकदम मेहनतका साथ काम गर्ने र सबै परिवार जस्तो मिलेर एकअर्कालाई सहयोग गर्ने काम गर्ने भएकाले एकदम राम्रो वातावरण कायम रहेको छ। सीआरआई

Facebook Comments