Fri. Sep 20th, 2024

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआइजी पोखरेल सर्वोच्चमा

काठमाण्डौ, २०७९ बैशाख १९ गते सोमबार । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल रिट बोकेर सर्वोच्च अदालत पुग्नुभएको छ। आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर उहाँ अदालत पुग्नुभएको हो।

अदालतका एक उच्च अधिकारीले भन्नुभयो, ‘विश्वराज पोखरेलले रिट निवेदन पेश गर्नुभएको छ। दर्ता भइसकेको छैन।’ पोखरेलले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै रिट निवेदन पेश गर्नुभएको हो। उहाँले पेश गरेको रिट निवेदन रुजुको प्रक्रियामा रहेको छ।

सिंहभन्दा १६ महिना पहिले एआइजीमा बढुवा भएको र वरिष्ठताका आधारमा आफू आइजिपीमा बढुवा हुनुपर्ने माग पोखरेलले रिटमा गर्नुभएको छ । आईजी नियुक्तिप्रति असन्तुष्ट रहनुभएका अर्का सशस्त्र प्रहरीका एआईजी सहकुल थापाको रिट भने सर्वोच्च पुगेको छैन।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

Facebook Comments