Fri. Sep 20th, 2024

लोडर दुर्घटनामा २ जना चिनियाँ नागरीकको मृत्यु, ४ घाइते

काठमाण्डौ, २०७९ बैशाख १९ गते सोमबार । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

निजगढ काठमाडौं द्रुत मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखनजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

द्रुत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो। घाइते र मृतक द्रुत मार्ग निर्माणमा काम गर्ने चिनियाँ नागरिक रहेको कार्कीले बताउनुभयो। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

Facebook Comments