Sat. Sep 21st, 2024

संसारकै सबैभन्दा वृद्ध व्यक्तिको १ सय १९ वर्षको उमेरमा मृत्यु

काठमाण्डौ, २०७९ बैशाख १३ गते मंगलबार । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको १ सय १९ वर्षको उमेरमा मृत्यु भएको छ।

काने तानाका सन् १९०३ मा जन्मनु भएको थियो। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो।

उहाँको विवाह १०० वर्षअघि भएको थियो। उहाँका चारजना सन्तान थिए। केही वर्षदेखि उहाँ एउटा स्याहारगृहमा बस्थिन्। उहाँलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो।

उहाँको मृत्यु भएपछि फ्रान्सकी एक इसाई संन्यासिनी सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको छ। उहाँ अहिले १ १८ बर्षकी हुनुहुन्छ । बीबीबी

Facebook Comments