Thu. Sep 19th, 2024

बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार: चिनियाँ राजदूत होउ यान्छी

काठमाण्डौ, २०७९ बैशाख ८ गते बिहीबार । चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएकोछ । चिनियाँ दूतावासले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने प्रतिबध्ता जाहेर गर्नु भयो ।

चीनले बीआरआई परियोजनामा कार्यान्वयनमा नेपालले उदासिनता देखाएकोप्रति चिन्ता व्यक्त गर्दै आएको छ । चिनियाँ राजदूत यान्छीले कोभिडको कारणले पनि परियोजना कार्यान्वयनमा ढिलाई भए पनि यसको कार्वनयनले दुबै छिमेकी राष्ट्रलाई फाइदा हुने विश्वास व्यक्त गर्नु भयो ।

केहि समय अगाडि नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको प्रयासबारे चाँसो ब्याक्त गर्दै परियोजना कार्यान्वयन गर्न चीन उत्साहित र आतुर रहेको बताउनु भएको थियो । उहाँले नेपालका शिर्ष नेताहरुसंगको छलफलमा सो चासो ब्यक्त गर्नु भएको हो ।

नेपालले बीआरआईमा सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो । सन् २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो । त्यसपछि सन् २०१७ मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर भएको हो। हस्ताक्षर गरेको पाँच वर्ष बितिसक्दा पनि ती परियोजनाबारे उल्लेख्य प्रगति भएको छैन। चीनले परियोजना कार्यान्वयनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ।

परियोजना अन्तर्गत केरुङ–काठमाडौं रेलमार्ग, रातमाटे–केरुङ ४०० केभी प्रसारणलाइन, कोसी–गण्डकी–कर्णाली इकोनोमिक करिडोर, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माणलगायत छन् । यस्तै किमाथांका–हिले सडक, तमोर जलविद्युत् आयोजना, फुकोट जलविद्युत् परियोजना, गल्छी–रसुवागढी सडक स्तरोन्नति र दीपायल–चिनियाँ सीमा सडक छन्।

‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्वाकांक्षी विकास रणनीति हो ।

Facebook Comments