Mon. Dec 23rd, 2024

नेपाल बार एशोसिएशनको अध्यक्षमा घिमिरेको निरन्तर अग्रता

काठमाण्डौं, २०७८ चैत २३ गते बुधबार । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता निरन्तर कायमै रहेको छ ।

घिमिरेले हालसम्म गणना भएका मध्ये १९९० मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १००४ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता कायमै रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले १७६५ र केदारप्रसाद कोइरालाले ११७५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले १९२८ र जगतबहादुर कार्कीले १०६६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षहरुको मत परिणाम यस प्रकार रहेको छ :

उपाध्यक्ष

रोहित डाँगी  १०५९
सुरज खत्री  १९९८
केशब दास  १०५५
सुधिर कर्ण  १९८१
डिल्ली मैनाली  ९९२
हर्क रावल  २००१
भुपेन्द्र खनाल  १०८३
बिरेन्द्र के सी  १९५५
बासुदेव ज्ञवाली  ११०६
पशुपति भण्डारी  १९०६
बिष्णु तिमिल्सिना  १०३६
उत्तम आचार्य  १९८०
चंख साउद  ९९३
तुलाराम गिरी  १९९२
रमा श्रेष्ठ   १०२६
आशा राई  १८२३

यसैगरी सदस्यहरुले यस प्रकार मत परिणाम प्राप्त गर्नुभएको छ:

सदस्यहरु
१ कुन्जली परियार  १०४७
२ बिनिता नेपाली  १९५९
१ नरसिह चौधरी  १०५१
२ किरण शाह  १९५२
१ सुभाष झा  १०८७
२ नरेश साह १८९८
१ शशी श्रेष्ठ  ११२४
२ नारायण राई  १८७२
१ दिलकुमारी राई  ११३९
२ रुप सारु  १८१२
१ ईन्दिरा आचार्य  १०७७
२ सीता पौडेल  १९०७
१ मनिका खडका  १०७२
२ सर्मिला थापा  १९४५
१ गणेश ओली  १०३२
२ जितेन्द्र मडै  १८९३

खुल्ला सदस्य
१ कुबेर घिमिरे  १०९८
२ तारा कुमार श्रेष्ठ  १०७२
३ युवक गौतम  १०३१
४ अर्जुन खडका  ८७६
५ अनिल कु श्रेष्ठ  १००५
६ हरि पंगेनी  ९९७
७ भरत लकाइ  १७५०
८ देवी कोईराला  १८३२
९ निर्भय पौडेल  १७५२
१० सन्तोष राउत  १७३५
११ गुणराज आचार्य  १७४७
१२ सन्तोष तिवारी  १६२५

मङ्गलबार बिहानदेखि मतगणना सरु भएको थियो भने बेलुका स्थगित गरेर आज बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० मतदाता रहेका थिए । ७ हजार ४२९ मत मात्र खसेको थियो ।

Facebook Comments