Thu. Jul 16th, 2026

चीनमा कोरोनाको खोप लगाउनेहरुमध्ये ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या २२ करोड ४१ लाख ८२ हजार

       

काठमाण्डौं, २०७८ चैत २३ गते बुधबार । अप्रिल ५ तारिखसम्म चीनमा नयाँ कोरोना भाइरस विरुद्धमा कुल  ३ अर्ब २८ करोड ३५ लाख ८६ हजार डोज खोप लगाइएको छ।

हालसम्म १ अर्ब २७ करोड ८७ लाख २४ हजार व्यक्तिले खोप लगाइसकेका छन्। चीनको राज्य परिषदको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्रद्वारा आयोजना भएको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वास्थ्य आयोगको रोग नियन्त्रण व्युरोका उपप्रमुख लै चङ लुङले उक्त कुरा जानकारी दिनुभएको हो। उहाँका अनुसार ६० भन्दा बढी उमेरका नागरिकमा खोप लगाउनेको सङ्ख्या २२ करोड ४१ लाख ८२ हजार पुगेको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार