Thu. May 9th, 2024

श्रीलंकाका राष्ट्रपतिद्वारा संघीय सरकार गठनका सबै दललाई आमन्त्रण

काठमाण्डौं, २०७८ चैत २१ गते सोमबार । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षले वर्तमान राष्ट्रिय संकटको समाधान गर्ने योजना खोज्नका लागि सबै राजनीतिक पार्टीहरुलाई आमन्त्रण गर्नुभएको छ।

अप्रिल तीन तारिख राति श्रीलंकाका २० जनाभन्दा बढी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। यसले श्रीलंकाको सरकार सञ्चालनमा ठूलो सङ्कट देखिएको छ।

श्रीलंका सामु विदेशी मुद्राको अभाव, सामग्रीको अभाव, महङगी, विद्युत आपूर्तिको अभाव जस्ता समस्याहरू देखापरेका छन्। संकटसँगै विरोध प्रदर्शन पनि हुन थालेको छ। गत मार्च ३१ तारिखदेखि सरकारले धेरै पटक कर्फ्यू लगाएको छ।

Facebook Comments