Thu. May 2nd, 2024

नेपाल बार एशोसिएशनको निर्वाचन भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)

- फोटो सर्वाधिकार : रमेश हतुवाली

काठमाण्डौं, २०७८ चैत १९ गते शनिबार । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज भव्य रुपमा सम्पन्न भएको छ ।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको आज सम्पन्न निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरुको समूह र प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुहबीच कडा प्रतिस्पर्धा भएको अनुमान गरिएको छ।

यस निर्वाचनमा सत्ता साझेदार दलहरूको गठबन्धन पक्षधर कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानून व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको हो ।

यस पटकको निर्वाचनमा गठबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । उक्त समूहको नाम ‘वृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ, भने प्रमुख प्रतिपक्षी दल पक्षधर कानून व्यवसायीको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गर्नुभएको छ । उक्त समूहको नाम ‘प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ ।

प्राप्त जानकारी अनुसार आज र भोली आईतबारसम्ममा देशका विभिन्न भागबाट मतपेटीका काठमाण्डौं आईपुगेपछि मतगणना सुरु हुने बताईएको छ ।

फोटो सर्वाधिकार : रमेश हतुवाली

Facebook Comments