चिनियाँ परराष्ट्र मन्त्रीद्वारा तेस्रो अफ्गानिस्तान छिमेकी मुलुक मन्त्री स्तरीय बैठकको अध्यक्षता गर्ने
काठमाण्डौं, २०७८ चैत १६ गते बुधबार । चीनका राज्य परिषदका सदस्य एवम चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले आज मार्च ३० देखि ३१ तारिखसम्म आन व्ही प्रान्तको टुन सीमा तेस्रो अफ्गानिस्तान छिमेकी मुलुक मन्त्री स्तरीय बैठकको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ।
उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले दिनुभएको हो। बताए अनुसार पाकिस्तान, इरान, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान गरी छ मुलुकका विदेश मन्त्रीहरु वा प्रतिनिधिहरुले उक्त बैठकमा भाग लिने छन्। यसपछि परराष्ट्र मन्त्री वाङले “अफ्गानिस्तान छिमेकी मुलुक जोड अफ्गानिस्तान” मन्त्री स्तरीय वार्ताको आयोजना गर्नुहुने छ।
Facebook Comments